arrow

फाइनलमा हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा छनोट

logo
प्रकाशित २०७६ असार २४ मंगलबार

काठमाडौं । नेपाल यू–१९ एसिया कप २०१९ का लागि छनोट भएको छ । डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेसँगै उक्त प्रतियोगिताको लागि छनोट भएको हो ।  

मंगलवार फाइनलमा हङकङलाई ६ विकेटले हराउँदै नेपालले इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको हो । किन्नारा ओभलमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै हङकङलाई ४३ ओभर १ बलमा ९५ रनमा समेटेको थियो । 

९६ रनको लक्ष्य नेपालले १६ ओभर १ बल खेल्दै पूरा गरेको हो । मंगलवार भएको खेलमा सागर ढकाल एक्लैले ५ विकेट लिएका थिए । सागरले १० ओभरमा १८ रन खर्चेर ५ विकेट लिएका हुन् । सोमबार सेमिफाइनलमा मलेसियामाथि ७ विकेटको जित निकाल्दा उनले ३ विकेट लिएका थिए । 

त्यसैगरी कमल सिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए । हङकङका तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेकामा अदित गोरावाराले २४ रन बनाएका थिए । 

लक्ष्य पछ्याउने क्रममा पवन सर्राफले ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन बनाउँदै रोहित कुमार पौडेल १२ रनमा अविजित रहे । 

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ