arrow

स्वालवेलले राष्ट्रपतीय चुनावी अभियान त्यागे

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
Eric_Swelwell.jpg

वासिङ्टन ।अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गरेका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उनि पहिलो व्यक्ति हुनुहुन्छ । डेमोक्रेटिक पार्टीबाट ठूलो संख्यामा राष्ट्रपतिका आकाँक्षीहरु पार्टीको प्राथमिक चुनावी मैदानमा छन् । संयुक्तराज्य अमेरिकामा राष्ट्रपतिको उम्मेदवार हुन पार्टीको प्राथमिक चुनावमा विजयी हुनु पर्दछ ।

क्यालिफोर्नियाका सांसद स्वालवेलले पार्टीभित्र राम्रो जनमत सिर्जना गर्न नसकेपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

अमेरिकी तल्लो संसदको गुप्तचर समितिका सदस्य समेत रहेका स्वालवेलले अर्को चुनावमा संसदमै उठ्ने तयारी गरेको बताए। उनि सन् २०१३ देखि नै अमेरिकी संसद कङ्ग्रेसको सदस्य छन् ।

उनले गत अप्रिलमा राष्ट्रपतिको उम्मेदवार हुने भन्दै पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका थिए । गत महिना मियामीमा भएको पछिल्लो बहस कार्यक्रममा स्वालवेलले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गरेका थिए ।

एबीसी न्यूजले गरेको पछिल्लो चुनावी सर्वेक्षणमा स्वालवेलले शून्य प्रतिशत मत प्राप्त गरेको देखिएको थियो ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ