arrow

सरकारमा काँग्रेस आवश्यक – उपप्रधानमन्त्री मैनाली

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
cp-mainali-final.jpg.jpeg
विराटनगर। उपप्रधान तथा महिला बालबालिका मन्त्री चन्द्रप्रकाश मैनालीले नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने उद्देश्यका साथ प्रधानमन्त्रीको चीन भ्रमण भएको बताएका छन् । भ्रमणलाई कसैको विरुद्ध नसम्झिन आग्रह गर्दै आज विराटनगरमा सञ्चारकर्मीसँग मैनालीले भारतीय राजदूतले मधेसवादी दलका नेतालाई बोलाएर विचारविमर्श गर्नु कूटनीतिक मर्यादा विपरीत भएको उल्लेख गरे । 
 
उपप्रधानमन्त्री मैनालीले संविधान कार्यान्वयन अहिले चुनौतीपूर्ण रहेकाले सरकारमा नेपाली काँग्रेसको सहभागिता आवश्यक भएको धारणा राखे । सरकारमा सहभागिता नभएको अवस्थामा सरकार ढाल्ने खेलमा नलाग्न काँग्रेसलाई सुझाव दिँदै मैनालीले सरकारको आलोपालो नेतृत्व गर्ने कुरा आवश्यक नभएको स्पष्ट पारे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ