arrow

किसुनजीको जीवनीमा आधारित 'एक्लो नायक' विमोचन

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
eklo-nayak.jpg.jpeg
काठमाडौँ। सन्त नेता एवम् पूर्व प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको जीवनीमा आधारित उपन्यास ‘एक्लो नायक’को विमोचन गरिएको छ। सन्त नेता भट्टराईले व्यतित गर्नुभएको एक्लो जीवनको प्रसङ्गलाई व्याख्या गरी लेखक हरि अधिकारीले तयार गर्नुभएको सो उपन्यास शिक्षाविद् केदारभक्त माथेमाले विमोचन गर्नुभयो । 
 
माथेमाले भट्टराईको सारा सर्वस्व नै इमान्दारीता हो भन्दै इमान्दारी, कर्तव्यनिष्ठता र निष्ठाको राजनीतिमा कहिल्यै पराजीत नहुने बताउनुभयो । 
 
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले हतियार उठाएर राजनीतिक उपलब्धि हासिल हुन नसक्ने धारणा राख्दै स्व भट्टराईको योगदानको चर्चा गर्नुभयो । 
 
काँग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले सन्त नेता किसुनजीले २०४६ सालमा तयार पारेको संविधान लागू भएको स्मरण गर्दै विश्वमै उत्कृष्ट भनिएको अहिलेको संविधान कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुभयो । 
 
लेखक अधिकारीले जिन्दगीभर एक्लिएर बसेका नेता भट्टराईका इमान्दारी आफूले पुस्तकमा उतारेको जानकारी दिनुभयो । रासस 



नयाँ