arrow

थाइल्याण्डको राष्ट्रिय खेल पाँचथरमा शुरु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार २५ बुधबार
muaythai.jpg

पाँचथर । खेललाई प्रचार प्रसार गर्ने उद्धेश्यले पाँचथरको फिदिममा बुधबारबाट थाइल्याण्डको राष्ट्रिय खेल मोएथाईको प्रदेश स्तरिय प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दे प्रदेश १ का सामाजिक विकाशमन्त्री जिवन घिमिरेले प्रदेश सरकार खेलकुद क्षेत्रको विकाशका लागि कटिवद्ध भएर लाग्ने बताएका छन् ।

 खेलकुद क्षेत्रको विकाश बाटै मात्रै पर्यटनको समेत विकाश हुने उल्लेख गरे। खेलुकद क्षेत्रको प्रचार प्रसार र प्रर्वद्धन गर्न प्रदेश सरकार पछि नहट्ने उनको भनाई छ । यो खेल नेपालमा प्राय नौलो खेल रहेको हुँदा यो खेललाई प्रर्वद्धन गर्न प्रदेश सरकार लागेको उनले बताए ।

मोएथाई एशोसिएसन अफ पाँचथरले आयोजना गरेको प्रतियोगिता असार २५ देखी २७ गते सम्म सञ्चालन हुने भएको छ ।

पाँचथरमा मात्रै करिव ३ सय खेलाडी रहेको अनुमान छ । मोएथाई नेपालमा नयाँ खेल हो । शारिरिक सुगठनसंग सम्बन्धीत यो प्रतियोगिता आयोजनाका लागि करिव २० लाख रुपैँया लागत अनुमान गरिएको एशोसिएसनका अध्यक्ष बिक्रम राइले जानकारी दिए।

कुल लागत मध्ये १० लाख प्रदेश सरकारले सहयोग गरेको छ । बाँकी स्थानीय सहयोग कर्ता र प्रायोजकबाट संकलन गर्ने तयारी आयोजकको छ । प्रतियोगितामा १० टिमले भाग लिने मुख्य प्रशिक्षक रमा राइले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ