- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएपछि भारतीय क्रिकेट कप्तान विराट कोहलीले न्यूजिल्याण्डका बलरको प्रशंसा गरेका छन् ।
भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेपछि कोहलीले बलरको प्रशंसा गरेका हुन् । उनले सुरुआती ४० देखि ४५ मिनेटको समयमा खेलको दिशा परिवर्तन भएको उनको भनाइ छ ।
न्यूजिल्याण्डको शानदार बलिङका कारण भारतीय टोली दबावमा आउँदा गल्ती गर्न पुगेको कोहलीको निष्कर्ष छ । हार्दा पनि टोलीले राम्रो प्रदर्शन गरेको उनको तर्क छ ।
कोहलीले आफूहरु पराजयबाट निराश भए पनि आत्मविश्वास नधरमराएको बताएका छन् । उनले पराजयपछि तत्काल केही भनिहाल्न ठिक नभएको भन्दै पछि बसेर के गल्ती भयो भन्नेबारे समीक्षा गर्नुपर्ने बताएका छन् ।
लिग चरणमा शीर्ष स्थानमा रहेर भारत सेमिफाइनलमा पुगेको थियो । दुई पटकको च्याम्पियन भारतलाई नै यसपटकको उपाधि दावेदारका रुपमा हेरिएको थियो । लिगमा चौथो स्थानमा रहेर न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेको थियो ।
न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । अहिलेसम्म न्यूजिल्याण्डले उपाधि भने जित्न सकेको छैन ।