arrow

कर्नाटकको तरंगित राजनीतिमा नयाँ मोड, सर्वोच्चको आदेशले अध्यक्ष संकटमा

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
karnatak1.PNG

नयाँ दिल्ली । कर्नाटकको जेडीएस र कांग्रेसका १० जना बागी विधायकको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ फैसला जारी गरेको छ । सर्वोच्च अदालतले विधानसभा अध्‍यक्ष केआर रमेश कुमारलाई बिहीबार रातीसम्म यस मामलामा फैसला गर्न निर्देशन दिएको छ । 

यस अघि १३ जना विधायकहरुले राजीनामा दिएको भएपनि ६ दिनसम्म राजीनामा स्वीकृत गर्न नसक्ने बताएर बेवास्ता गर्दै आएका थिए । सर्वोच्चले बागी विधायकहरुसँग पनि साँझसम्म अध्यक्षलाई भेटेर यदि आफ्नो इच्छा छ भने फेरि राजीनामा दिन भनेका छन् । त्यहाँका संवैधानिक जानकारहरुका अनुसार सर्वोच्चको यो आदेशसँगै पछिल्लो दुई दिनदेखि राजीनामा स्वीकृत गराउन इन्कार गर्दै आएका अध्यक्षसामु अब दुईवटा मात्रै विकल्प छ । 

संविधान विशेषज्ञ सुभाष कश्‍यपका अनुसार सर्वाेच्चको यो फैसलासँगै रमेशकुमार सामु या त सो राजीनामाको फम्र्याट मिलेन भनेर फेरि पनि राजीनामा माग गर्न सक्छन् । दोस्रो विकल्पमा ती विधायकहरुले दिएको राजीनामा स्वेच्छिक नभएको भनेर फेरि फिर्ता गर्ने । त्यस्तो गरेको खण्डमा पनि फेरि फम्र्याट मिलाएर आफ्नो स्वेच्छाले राजीनामा दिएको भनेर स्पष्टिकरण दिएको खण्डमा उनीहरुको राजीनामा स्वीकृत गर्नु बाध्यकारी हुनेछ । अर्काे विकल्पमा न विना विकल्प राजीनामा स्वीकृत गर्नुपर्ने छ । 

बहुमतको आधारमा विधानसभा अध्यक्ष बनेका रमेशकुमारले सरकारलाई समस्या हुने देखेर सत्तापक्षीय सांसदहरुको राजीनामा समेत स्वीकृत नगरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो । 

सत्तारूढ जेडीएस-कांग्रेस र विपक्षी बीजेपीबीच कर्णाटकको राजनीतिमा कसले कसलाई सिध्याउने भन्ने विषयले  कर्नाटकमा राजनीतिक 'नाटक' चरम रुपमा छ । 

अहिले कुमारस्वामी नेतत्वको सरकारलाई समस्यामा पार्नको लागि राजीनामा दिएका ९ विधायकहरुलाई मनाउनको लागि काँग्रेसले सक्दो प्रयास गरेको छ। यी ९ विधायकहरुले राजीनामा दिँदा सरकार अफ्टेरोमा पर्ने र यसले दीर्घकालमा कर्णाटकमा काँग्रेसको अस्तित्व नै समाप्त हुने देखेर कर्णाटकमा आफ्नो अस्तित्व जोगाउन बागी विधायकलाई मनाउन आफ्नो 'ब्रह्मास्‍त्र' प्रहार गरेको छ । 

अहिले कर्नाटकमा काँग्रेस छाड्न लागेका विधायकहरुलाई फकाउनको लागि ब्रह्मास्त्रको रुपमा प्रयोग गरेका छन् । राज्‍यमा कांग्रेस पार्टी 'संकटमोचक' डीके शिवकुमार बागी विधायकसँग भेटघाटका लागि मुम्बई पुगेका छन् ।

गत शनिवार कांग्रेसका ९ विधायकहरुले राजीनामा दिएपछि शिवकुमार यस संकटलाई सुल्झाउन तर्फ लागेका छन् । तर, उनलाई नभेट्न र उनीसँग कुराकानी नगर्नको लागि सबै विधायकहरुले मुम्बईको एक होटलमा लुकामारीको खेल खेलिरहेका छन् । बुधवार विहान शिवकुमार बागी विधायकहरुलाई भेट्नको लागि मुम्बई पुगेका थिए । 

मुम्बई पुगेपछि डीके शिवकुमारले बागी विधायकलाई आफ्नो मित्र मात्रै बताएनन् राजनीतिमा आफूहरुको जन्म समेतसँगै भएको भनेर समेत उनीहरुलाई फकाउन लागिरहेका छन् । उनले साथसाथ जन्मिएका आफूहरु सँगै सँगै मर्ने समेत बताएका छन् । उनीहरुसँगको कुराकानीको क्रममा उनले आफूहरु एक अर्कालाई सम्मान र प्रेम गर्ने भन्दै अहिले सम्बन्ध विच्छेद गर्ने कुरा नगर्न भनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ