arrow

बेलायती तेल ट्याँकरमा आक्रमण गरिएको छैन : इरान

जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
oil-tanker.jpg

तेहरान । इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ ।

इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ ।

बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी डुङ्गामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्याँकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो । बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई निस्तेज बनाएको पनि बेलायतको भनाई छ ।

विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई “तत्कालै, निर्णायक र तिब्रता”का साथ गर्न सक्ने इरानले जनाएको छ ।

जिब्राल्टरको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्याँकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ग्रेस १ नामको तेल ट्याँकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरको भन्सार र प्रहरीले नियन्त्रणमा राखेको छ ।

इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी दिएका छन् ।

सोमबार मात्र इरानका रक्षामन्त्रीले बेलायती कदमको प्रतिबाद गरिने बताएका थिए । इरानी तेल ट्याँकरको नियन्त्रण सामुद्रिक डकैतीको संज्ञा दिँदै इरानका ब्रिगेडियर जनरल अमिर हतामीले यसलाई आफूहरुले कहिल्यै स्वीकार्न नसक्ने र त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिएका छन् ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ