सुनसरी। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७२ चैत्र १३ गते सुनसरीको दुहबीमा स्वाभिमान अभियान अन्तर्गत शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमानः एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल नारा सहित जागरण सभा सम्पन्न भएको छ।
मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाका सभापति बिष्णु चापागाईको सभापतित्वमा सम्पन्न जागरण सभामा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले हिमालय क्षेत्र, महाभारत, चुरे एबम् तराईको पर्याबरणिय स्थिति बारे चर्चा गर्दै आन्दोलनका नाममा बाताबरणको बिनास नगर्न आग्रह गरे। चुरेको रुपमा रहेको चाल्नीमा प्वाल परेको, चार कोषे झाडि मासीदै गएको प्रति चिन्ता ब्यक्त गर्दै पहाडीले नाकाबन्दी मानबता बिरुद्धको अपराध भएको हुँदा नाकाबन्दीको शैली भबिष्यमा कसैले पनि अबलम्बन गर्न नहुने कुरामा जोड दिए।
सभामा नेपाली काँग्रेसका नेता तथा सांसद सीताराम मेहता, नेकपा एमालेका केन्द्रिय सदस्य तथा कोशि इन्चार्ज जीबन घिमिरे, एनेकपा माओबादीका पूर्ब सभासद् तथा जिल्ला सचीब सन्तोष थारु, संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य भीम राई, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला सल्लाहकार कुमार थापाले अभियानको सफलताको शुभकामना सहित मन्तब्य ब्यक्त राखेका थिए।
समाजका महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल र मोरङ शाखाका सभापति डिल्ली पोखरेलले मन्तब्य ब्यक्त गरेका थिए।