arrow

मौद्रिक नीतिमा विश्वले भोगिरहेको आर्थिक समस्याबारे चासो राख्न सुझाव, ऐतिहासिक छलफलमा ३ पूर्व गभर्नर अनुपस्थित

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकले आसन्न मौद्रिक नीतिबारे सुझाव लिनको लागि पूर्व गभर्नरहरुलाई बोलाएको छ । मौद्रिक नीति ल्याउनुपूर्व बैंकहरुको मर्जर सम्बन्धी नीति, हरेक वर्षजस्तो देखिने तरलताको समस्या समाधानको उपाय लगायतको बारेमा छलफल गर्नको लागि यस्तो बैठक बोलाएको हो । बिहीबार दिउँसो १ बजे लाजिम्पाट स्थित होटल र्याडिसनमा बोलाईएको कार्यक्रममा छ जना पूर्व गभर्नरहरुको सहभागिता थियो। होटलमा भएको सो बैठकमा राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शम्शेर जवरा देखि पूर्व गभर्नरहरु भेष बहादुर थापा, गणेश बहादुर थापा, तिलक बहादुर रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराई सहभागी थिए ।

पूर्व गभर्नरहरु सत्येन्द्रप्यारा श्रेष्ठ र दीपेन्द्र बहादुर क्षेत्री भने कार्यक्रममा सहभागी भएनन् । अर्का पूर्व गभर्नर युवराज खतिवडा भने अर्थमन्त्री रहेकोले गभर्नरले बोलाएको बैठकमा सहभागी भएनन् । राष्ट्र बैंकको इतिहासमा पहिलो पटक पूर्व गभर्नरहरुसँग मौद्रिक नीतिको बारेमा छलफल गरेको राष्ट्र बैंकले यही साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । उपस्थित पूर्वगभर्नरहरुले राष्ट्र बैंकको यो प्रयासलाई सकारात्मक मानेका छन्। 

बैठकमा सहभागी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर भेष बहादुर थापाले बैठकमा सबै पूर्व गभर्नरहरुले आ आफ्नो अनुभव सुनाएको बताए । राष्ट्र बैंकले इतिहासको विभिन्न कालखण्डमा देखिएका समस्या र त्यतिबेला अपनाईएका समाधानको उपायबारे छलफल भएको बताए । 

थापाका अनुसार अहिलेको वित्तीय क्षेत्रको समस्याबारे पनि बैठकमा गहन छलफल भएको छ । उनले व्यक्तिगत रुपमा भन्दा पनि सबै पूर्व गभर्नरहरुले आ आफ्नो कार्यकालमा देखिएका समस्याहरुलाई कसरी समाधान गरिएको थियो ? भन्नेबारेमा अनुभव सुनाईएको बताए । 

बैठकमा नेपालको समस्यामात्रै नभएर विश्वमा देखिएको आर्थिक समस्याको बारेमा समेत छलफल भएको थियो । अहिले विश्वमा चलिरहेको व्यापार युद्ध, बाट नेपालमा पर्ने असरलाई पनि न्युनीकरण गर्नेगरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव बैठकमा आएको थियो । अहिले नेपालको वित्तीय क्षेत्रमा केही समस्या रहेको भन्दै यसको समाधानको लागि के गर्ने भन्ने बारेमा पूर्व गभर्नरहरुले केही सुझाव दिएका छन् । 'बैंकहरुको मर्जबारे पनि छलफल भएको भन्दै थापाले अहिले विश्वव्यापी रुपमा देखिएका आर्थिक समस्याबाट नेपाललाई प्रभावमुक्त गराउने सहयोग पुग्नेगरी मौद्रिक नीति तयार पार्नुपर्नेमा जोड दिईएको छ ।' थापाले भने । 

अर्को तर्फ कार्यक्रममा सहभागी नभएका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले गभर्नर चिरञ्जीवी नेपालले अहिले लिएको नीतिमा आफ्नो केही भिन्न मत रहेको बताए । क्षेत्रीले गभर्नर नेपाललाई आफूले सुपरीवेक्षण र निरीक्षणमा निर्ममताका साथ लाग्न सुझाव दिएको बताए । आफू विशेष कामले पोखरा आउनु परेकोले कार्यक्रममा सहभागी हुन नसकेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ