- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स सबैभन्दा बढी उमेरकी फाइनलिष्ट खेलाडी बनेकी छिन् । ३७ वर्षको उमेरमा विम्बल्डन टेनिसको फाइनलमा पुग्ने कीर्तिमान सेरेनाले बनाएकी हुन् ।
बिहीबार राति भएको सेमिफाइनलको खेलमा बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना ग्राण्डस्लामको अर्को कीर्तिमान नजिक पनि पुगेकी छिन् ।
२३ वटा ग्राण्डस्लाम जितेकी सेरेना अल टाइम रेकर्डहोल्डर अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको २४ औं ग्राण्डस्लाम उपाधिको बराबरी नजिक पुगेकी छिन् ।
सेरेनाले सहज जित निकाल्ने क्रममा चेक खेलाडी बारबोरालाई ६–१ र ६–२ को साझो सेटमा पराजित गरिन् ।
उनले जितका लागि मात्र ५९ मिनेटको समय लगाएकी थिइन् ।
उनले उपाधिका लागि अब रोमानियाकी खेलाडी सिमोना हालेपसंग प्रतिस्पर्धा गर्नेछिन् ।
युक्रेनकी एलिना स्वीटोलिनालाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
हालेपले एउटामात्र ग्राण्डस्लाम जितेकी छिन् । २७ वर्षे हालेपले सेरेनालाई टक्कर दिइरहेकी छिन् ।