arrow

हकी खेल्न नेपाली टोलीहरु थाईल्याण्ड जाँदै

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
Hockey-team.jpg

काठमाडौं।एसिया हकी फेडेरेसनले आयोजना गर्न लागेको महिला तथा पुरुष इन्डोर एसिया कप २०१९ मा भाग लिनकालागि नेपाली टोली शनिबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ।

प्रतियोगिता थाइल्याण्डको चोनबुरीमा जुलाइ १५ देखि २१ सम्म हुने छ। खेलमा ११ वटा पुरुष टीमा र ९ वटा महिला टीमको सहभागीता रहनेछ।

नेपालका तर्फबाट प्रतियोगितामा १२ महिला र १२ पुरुष खेलाडीले सहभागीता जनाउने छन् भने टोली मनिष झाको नेतृत्व रहने छ।  टोलिमा महिला टोलिका प्रशिक्षक रन्जन थापा र पुरुष टोलिका प्रशिक्षक बाबुराम नेपाल पनि रहनेछन् ।

प्रतियोगिता अवधि ७ दिनमा ६० वटा खेल हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष श्री पिताम्बर तिमिल्सिनाले थाईल्याण्ड जाने खेलाडीहरूलाई बिदाई तथा शुभकामना ब्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ