arrow

दुईदिनदेखि सिक्किम सम्पर्कबिहीन

logo
प्रकाशित २०७६ असार २८ शनिबार
sikkim-station.JPG

ग‌ंगटोक। लगातार जारी भारी वर्षाका कारण सिक्किममा कैयौं ठाउँमा पहिरो जाँदा जनजीवन प्रभावित भएको छ । भारी वर्षापछि गएको पहिरोका कारण सिक्किम भारतको सबै राज्यहरुसँगको सडक सम्पर्क बाहिर रहेको छ । बाँकी हिस्साबाट शुक्रवार दोस्रो दिन पनि अन्य राज्यसँगको सम्पर्क जोडिन सकेन । मुसलधारे वर्षाका कारण एनएच-३१ ए सडक अवरुद्ध भएका कारण सबै राज्यसँगको सम्पर्क विच्छेद भएको हो । 

जनरल रिजर्व इन्जिनियरिङ्ग फोर्स (जीआरईएफ) का अधिकारीहरुले भने कि पश्चिम बंगालमा सेतीझोरा र कालीझोराकोबीच पाँच स्थानमा पहाड खसेपछि सडक अबरुद्ध छ । उनीहरुले सिक्किममा  राजमार्गमाथि राङ्गपो र ३२- नम्बरमा भूस्खलन भएको छ । 

उनीहरुका अनुसार त्यो सडक पुनर्स्थापन कार्यमा भारी वर्षाले बाधा उत्पन्न गरेको छ । मौसम विभागले उप-हिमालयी पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको चेतावनी दिएको छ । सिक्किमका अलावा पश्चिम बंगालको पहाडी जिल्ला दार्जिलिङ्गमा पनि लगातार वर्षापछि पहिरो जाने क्रम जारी छ । भूस्खलनद्वारा दार्जिलिङ्गको प्रसिद्ध टोय ट्रेन सेवालाई बन्द गर्नु परेको थियो । कुनै कुनै ठाउँमा रेलको ट्र्याकमा माटो खसेको छ । यसलाई सफा गर्न समय लाग्ने रेल वे सेवाका अधिकारीहरुले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ