arrow

चेल्सी र म्यानचेस्टर युनाइटेडको प्रिसिजन ओपनिङ सफल  

logo
प्रकाशित २०७६ असार २९ आइतबार
giroud2.jpg

काठमाडौं । इंगलिश फुटबल क्लबहरु चेल्सी र म्यान्चेस्टर युनाइटेडले प्रिसिजन खेलमा राम्रो प्रदर्शन गरेका छन् । 

मैत्रीपूर्ण खेलमा चेल्सीले आइरिस क्लब सेन्ट प्याट्रिक्स एथलेटिकलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

प्रिसिजन टुरमा रहेको चेल्सीका लागि ओलिभर जिरुले २ गोल गरे । यस्तै मसुन माउन्ट र इमर्सनले एक एक गोल गरे ।

योसँगै प्रशिक्षक फ्रान्क लाम्पार्डले टिम सम्हालेसंगै चेल्सीले प्रिसिजनको मैत्रिपूर्ण खेलमा पहिलो जित निकाल्न सफल भएको छ ।

त्यसैगरी प्रिसिजनको पहिलो टुर खेलमा म्यान्चेस्टर युनाइटेडले पर्थ ग्लोरीलाई २–० गोल अन्तरले हरायो । 

मार्कस रशफोर्ड र जेम्स गार्नरले १–१ गोल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ