arrow

बाढी पहिरो पीडितलाई यस्तो राहतको घोषणा गर्यो प्रदेश सरकारले 

logo
प्रकाशित २०७६ असार २९ आइतबार
PurnaparasadNeupane_Okhaldhunga_RSS_Puriyakosab(2).jpg

हेटौँडा । प्रदेश नं ३ को मन्त्रिपरिषद्को शनिबार यहाँ बसेको बैठकले प्रदेशका बाढी पीडितका लागि राहतको घोषणा गरेको छ ।     
     
 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश ३ मा आएको बाढीका कारण ज्यान गुमाएकाको परिवारलाई प्रति व्यक्ति रु एक लाख राहत दिने घोषणा गरेको छ । 

साथै प्रदेश सरकारको मातहतमा रहेका अस्पतालहरुमा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिएको छ ।     
     
 सरकारको मातहतमा नरहेका तथा अन्य अस्पतालमा उपचार गराएवापत घाइतेलाई उपचार खर्च प्रति व्यक्ति रु २५ हजार दिने घोषणा गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । 

बैठकले बाढी र पहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ