arrow

सक्ला नेपालले मलेसियालाई हराउन ? लाइभ हेर्नुहोस् खेल 

logo
प्रकाशित २०७६ असार २९ आइतबार
sompal1.JPG

काठमाडौं । नेपालले अहिले मलेसियासंग दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । मलेसियाको किन्रारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा १७३ रन बनायो । 

पहिलो खेलमा शनिबार ७ विकेटको जित निकालेको नेपालले यो खेल जितेर सिरिजमा क्लिनस्वीप गर्न चाहन्छ ।  लाइभ हेर्नुस् खेल–


नेपालका कसले कति रन बनाए ? 

ओपनिङमा आएका कप्तान पारस खड्काले पवन सर्राफसंग पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरे । सर्राफ व्यक्तिगत १० रनमा आउट भए । 

त्यसपछि आएका ज्ञानेन्द्र मल्लले ७ रन मात्र बनाउन सके । पारस पनि १९ बलमा २३ बनाएर आउट भए । उनले २ छक्का र २ चौका हानेका थिए । 

४२ रन बनाउँदा नेपालले ३ विकेट गुमाएको थियो । 

रोहितकुमार पौडेल र शरद भेषवाकरले नेपालको ब्याटिङ सुधारेका थिए चौथो विकेटका लागि । उक्त क्रममा रोहितले १९ रन बनाए । 

शरदले राम्रो खेल्ने क्रममा लामो प्रहार गर्न खोज्दा क्याच आउट भए । शरदले २८ बल खेलेर ४० रन बनाए । उनले २ छक्का र ४ चौका प्रहार गरे । 

छैटौं विकेटका रुपमा करण केसीले १० बलमा १६ रन बनाएर आउट भए । 

नेपालका लागि विनोद भण्डारीले पनि उत्कृष्ट खेलेका छन् । विनोदले २५ बलमा ५१ रन बनाएका छन् । उनले ५ छक्का र ३ चौका बनाए । 

सोमपाल कामीले नटआउट १ रन बनाए ।

आईसीसीबाट टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।

आईतबार मलेसियालाई हराउँदै ऐतिहासिक सिरिज ‘क्लिनस्वीप’ गर्ने अवसर नेपाल सामु रहेको छ ।

सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकप एसिया फाईनलको तयारीका लागि नेपालले मलेसियासंग दुई खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो । 

यस्तो थियो पहिलो खेल

मलेसियाले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १२८ रन बनायो । 

जवाफमा नेपालले १८।३ ओभरमा ३ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो । 

कप्तान पारसले नटआउट ८६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

यस्तै बलिङतर्फ करण केसीले ३ विकेट लिएका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रहेको थियो । ओपनिङ बलर सोमपाल कामीले १ विकेट हात पारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ