arrow

विश्वकप क्रिकेटको उपाधि कसको ? इंगल्याण्ड कि न्युजिल्याण्ड ? 

logo
प्रकाशित २०७६ असार २९ आइतबार
worldcup-final.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्त आइतबार दिउँसो हुँदैछ । फाइनलमा दिउँसो ३ः१५ बजे आयोजक इंगल्याण्ड र न्युजिल्याण्ड खेल्दैछन् । 

लण्डनको लर्डसमा हुने खेलबाट विश्वले नयाँ विश्वकप विजेता पाउने छ । 

अहिलेसम्म अष्ट्रेलिायले ५ पटक, भारत र वेष्ट इन्डिजले २–२ पटक तथा पाकिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

यसपटक उपाधि जित्ने छैटौं टिम बन्नेछ । 

को छ बलियो ? 
इंगल्याण्डले चौथो र न्युजिल्याण्डले दोस्रो पटक फाइनल खेल्दैछ । न्युजिल्याण्ड ब्याक टु ब्याक दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । 

इंगल्याण्ड सन् १९९२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । घरेलु मैदानमा इंगल्याण्ड बलियो छ । सेमिफाइनलमा भारतलाई १८ रनले पछार्दै न्युजिल्याण्ड फाइनलमा पुगेको हो । 

सेमिफाइनलमा विश्वकपको सबैभन्दा सफल टिम अष्ट्रेलियालाई हराएको इंगल्याण्ड झनै सशक्त छ । 

लिग चरणमा इंगल्याण्डले न्युजिल्याण्डलाई ११९ रनले हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ