arrow

न्युजिल्याण्डलाई इंगल्याण्डसँग लिगचरणको बदला लिने मौका

कस्तो छ मौसमको अवस्था ?

logo
प्रकाशित २०७६ असार २९ आइतबार
Morgan-Williamson.jpg

काठमाडौं । इंगल्याण्डको लर्डस् मैदानको बाल्कोनीमा विश्वकपको ट्रफी उठाउनु सबै टोलीका कप्तानको सपना हुन्छ । अहिलेसम्म चारपटक कुनै कप्तानले यो बाल्कोनीमा विश्वकपको ट्रफी उचाल्ने मौका पाएका छन् । वेस्ट इन्डिजका क्लाइव लायड दुईपटक यो मौका पाउने एकमात्र कप्तान हुन् । उनले सन् १९७५ र १९७९ मा यो मौका पाएका थिए ।

त्यसपछि कपिल देवले सन् १९८३ र अष्ट्रेलियाका स्टीव वोले १९९९ मा यस्तो मौका पाएका छन् । अहिलेसम्म इंगल्याण्ड र न्युजिल्याण्डलाई भने यो मात्र नभई कुनै पनि विश्वकप उपाधि उचाल्ने मौका मिलेको छैन । यस्तोमा आइतबारको खेल निकै महत्वपूर्ण हुनेछ ।

नयाँ विजेता
अहिलेसम्म वेस्टइन्डिजले दुईपटक, भारतले २ पटक, अष्ट्रेलियाले ५ पटक, पाकिस्तान १ पटक र श्रीलंकाले एकपटक यो उपाधि जितेका छन् । यस्तोमा यो विश्वकपले यो सूचीमा इंगल्याण्ड वा न्युजिल्याण्डमध्ये एकको नाम समावेश हुनेछ । इंगल्याण्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । न्युजिल्याण्ड भने सन् २०१५ को विश्वकपको उपविजेता हो । लिग चरणमा इंगल्याण्डले न्युजिल्याण्डलाई ११९ रनले हराएको थियो ।  आइतबारको खेलमा न्युजिल्याण्डलाई इंगल्याण्डसँग लिगचरणको बदला लिने राम्रो मौका छ । यससँगै उसले विश्वकपमा नयाँ इतिहास पनि रच्न सक्छ ।  

मौसम रिपोर्ट
आइतबार लर्डसको मौसम खुला रहने सम्भावना छ । आकाशमा लागेको बादल हटेर मध्याह्नदेखि साँझसम्म घाम लाग्नेछ । लर्डसमा अहिलेसम्मको नतिजा र लक्ष्य पछ्याउँदा हुने दबाबलाई ध्यानमा राख्दै टस जित्ने कप्तानले पहिला ब्याटिङ रोज्ने सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ