arrow

नेपाली क्रिकेटको बिजय बाढी-पहिरोमा ज्यान गुमाउने र प्रभावितमा समर्पित

logo
प्रकाशित २०७६ असार २९ आइतबार
paras-fb.jpg

काठमाडौं । मलेसिया बिरुद्धको दुई टि-२० खेलको श्रृखंला नेपालले जितेको छ। उक्त जितलाई नेपाली क्रिकेट कप्तान पारसले नेपालमा बाढी-पहिरोबाट ज्यान गुमाउनेहरु प्रति समर्पित गरेका छन्।

कप्तान पारसले फेसबुकमा लेखेका छन्- ‘ दुई दिनमा दुई राम्रो जित र सबै समर्थकहरुलाई धन्यवाद। हाम्रो जित नेपालमा गएको बाढी-पहिरोमा परेर ज्यान गुमाउनेहरु तथा प्रभावितहरुमा समर्पित गर्दछौं। जय नेपाल...’

नेपालमा अविरल झरीका कारणले आएको बाढी-पहरोमा परि ५० भन्दा बढिले ज्यान गामईसकेका छन् भने हजारौं प्रभावित भएका छन्।

दोस्रो खेल

नेपालले कीर्तिमानसहित पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्लिनस्वीप गरेको छ । मलेसियालाई २ खेलको सिरिजमा २–० अन्तरको जितसहित क्लिनस्वीप गरेको हो ।

किन्रारा ओभलमा भएको दोस्रो खेलमा नेपालले ६ रनको जित निकालेको हो । पहिलो खेलमा शनिबार नेपालले ७ विकेटको जित निकालेको थियो ।

मलेसियाले ७ विकेटको नोक्सानीमा १६७ रन बनायो । मलेसियाले १७४ रनको चुनौती पछ्याएको थियो ।

यस्तो थियो पहिलो खेल

मलेसियाले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १२८ रन बनायो ।

जवाफमा नेपालले १८.३ ओभरमा ३ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो ।

कप्तान पारसले नटआउट ८६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

यस्तै बलिङतर्फ करण केसीले ३ विकेट लिएका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रहेको थियो । ओपनिङ बलर सोमपाल कामीले १ विकेट हात पारेका थिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ