arrow

विश्वकप क्रिकेट : बाँडिनेछ १ करोड डलर पुरस्कार, कसले कति पाउँछन् ?

logo
प्रकाशित २०७६ असार २९ आइतबार
newzland-england.jpg

काठमाडौं । आइतवारको फाइनलसँगै आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ सकिनेछ । यस्तोमा विश्वले नयाँ विजेता पाउने पक्का भइसकेको छ । फाइनल सकिएसँगै प्रतियोगिताको विभिन्न विधाका लागि १ करोड डलरको पुरस्कार वितरण गरिनेछ ।

उक्त १ करोड मध्ये ४० लाख डलर विश्वकप विजेता टोलीले पाउनेछ । फाइनल हार्ने टोली अर्थात् उपविजेताले २० लाख डलर मात्र पाउनेछ । विजेताले सुन–चाँदीबाट बनेको ११ किलोको ट्रफी पनि पाउनेछ ।

त्यस्तै सेमिफाइनलसम्म पुग्ने टोलीले ८-८ लाख डलर पुरस्कार पाउनेछन् । लिग चरणमा कुनै खेल जित्ने सबै टोलीलाई ४०-४० हजार डलर र नकआउटमा पुग्ने प्रत्येक टोलीले १-१ लाख डलर पाउनेछन् ।

विश्वकपको ट्रफी ११ किलो तौलको हुन्छ । यो सुन र चाँदीले बनेको छ । यसको उचाइ ६० सेन्टीमिटर हुने गरेको छ । यसको निर्माणको लागि २ महीना लाग्छ । यो ट्रफी सन् १९९९ मा पहिलोपटक बनाइएको थियो । यसको वास्तविक ट्रफी आईसीसीले आफूसँगै राख्छ र विजेतालाई त्यस्तै अर्को ट्रफी दिइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ