arrow

क कस्ले पाउने भए रिपोर्टर्स क्लवको पुरस्कार?

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
reporters-club-logo.jpg.jpeg
काठमाडौं । रिपोर्टर्स क्लव नेपालले हरेक वर्ष आफ्नो बार्षिक उत्सवको अवसरमा प्रदान गर्दै आएको विभिन्न विद्याका पुरस्कारको घोषणा गरेको छ। आइतवार बसेको पुरस्कार छनौट समिमितको बैठकले पुरस्कारको विषयमा निर्णय गरेको हो। क्लबले प्रदान गर्दै आएको मध्ये यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार ओम शर्मालाई दिने निर्णय गरेको छ। 
 
क्रान्तिकारी पत्रकार एवं प्रगतीशील साहित्यकार स्व. कृष्ण सेन इच्छुकको स्मृतीमा स्थापीत यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ। रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा आइतबार बसेको पुरस्कार छनौट समितिको बैठकले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता शक्रिय ‘रातोपाटी डटकम’ र ‘जनआव्हान साप्ताहिक’का सम्पादक शर्मालाई यो पुरस्कार दिने निर्णय गरेको हो। 
 
यसैगरी क्लवले २० हजार रुपैयाँ राशीको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स अंग्रेजी दैनिकका कार्यकारी राजनीतिक ब्युरो चिफ  रामकुमार कामतलाई दिने निर्णय गरेको छ । कामत दुई दशभन्दा बढी समयदेखि पत्रकारितामा शक्रिय छन्। 
 
क्लवले यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ द काठमाडौं पोष्टका वरिष्ठ उप–सम्पादक कमलदेव भट्टराई र रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी १०/१० हजार रुपैयाँ रहेको छ।
 
यसैगरी उमा सिंह स्मृती महिला पत्रकारिता पुरस्कार इमेज च्यानलकी वरिष्ठ संवाददाता सरस्वती कर्माचार्यलाई दिने निर्णय गरेको छ। दुई दशकदेखी पत्रकारितामा सक्रिय कर्माचार्यलाई दिइने यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ। 
 
यसैगरी क्लवले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार, तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार, बाबुछिरी शेर्पा फोटो पत्रकारिता पुरस्कार, शक्रिय युवा पत्रकारिता पुरस्कार र कुलप्रसाद–चेतकुमारी धमला स्मृति मोफसल पत्रकारिता पुरस्कारको पनि क्रमशः घोषणा गर्दै जाने जनाएको छ। 
 
यी पुरस्कारहरु रिपोर्टर्स क्लव नेपालको १८ औं वार्षिकोत्सवका अवसरमा यही चैत्र १७ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहका प्रदान गरिनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ