arrow

अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि भिडन्त, यस्तो भयो सेमिफाइनल 

logo
प्रकाशित २०७६ असार ३० सोमबार
football17.jpg

काठमाडौं ।  इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन् । सेमिफाइनल भिडन्तमा आफ्ना खेल जितेर सेनेगलल र अल्जेरियाले फाइनलमा स्थान पक्का गरेका हुन् । 

सेनेगलले ट्युनिसियालाई हरायो 
आइतबार राति भएको पहिलो सेमिफाइनलमा ट्युनिसियालाई १–० गोल अन्तरले पराजित गर्दै सेनेगल फाइनलमा पुगेको हो ।

Senegal have booked their place in the Africa Cup of Nations with a 1-0 win over Tunisia

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सेनेगलले आत्मघाती गोलको उपहार पाउँदै फाइनलमा स्थान बनायो ।

It took a bizarre own goal in extra time from Dylan Bronn for Senegal to win the game

खेलको १०१ औं मिनेटमा ट्युनिसियाका ड्यलान ब्रोनले आत्मघाती गोल गरेका थिए । 

Midfielder Ferjani Sassi saw his penalty for Tunisia saved by goalkeeper Alfred Gomis

यस्तै खेल अतिरिक्त समयमा जानुअघि दुवै टोलीले पेनाल्टीमा गोल गर्न सकेनन् । 

खेलको ७५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी सास्सीले पेनाल्टी खेर फालेका थिए । त्यस्तै ८१ औं मिनेटमा सेनेगलका हेनरी सैभेटले पेनाल्टीमा गोल गर्न सकेनन् ।

अल्जेरियाले नाइजेरियालाई हरायो 
दोस्रो सेमिफाइनलमा नाइजेरियालाई हराउँदै अल्जेरिया फाइनलमा प्रवेश गरेको हो ।

Riyad Mahrez (left) celebrates after scoring the winner against Nigeria on Sunday night

खेलको अन्तिम समयमा म्यानचेष्टर सिटीका फरवार्ड रियाद महरेजले गोल गरेपछि अल्जेरियाले नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

The Manchester City forward (right) curled in a brilliant free-kick in injury time

खेलको ४० औं मिनेटमा विलियम ट्रोस्ट इकोङ्गको आत्मघाती गोलबाट अल्जेरियाले अग्रता बनाएको थियो ।

Mahrez is mobbed by his team-mates after firing Algeria into the Africa Cup of Nations final

७२ औं मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाइजेरियालाई खेलमा फर्काएका थिए ।

उपाधि भिडन्त बुधबार राति हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ