arrow

चीनबाट प्रधानमन्त्री ओली आउँदै काँग्रेस नेतृ सुजाता र प्रधानसेनापति जाँदै

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
sujata-koirala-rukum.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेस नेत्री सुजाता कोइराला आज चीन प्रस्थान गरेकी छिन्। चीनको जिनानमा यही चैत १७ र १८ गते हुने ‘पर्यावरणीय सुरक्षा र मानव स्वास्थ्यसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा’ भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेकी हुन्। सम्मेलनमा विश्वको वातावरण र प्रदूषणका बारेमा छलफल हुनेछ। दुईदिने उक्त सम्मेलनमा जलवायु विषयका अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता रहनेछ। नेत्री कोइराला विश्व जलवायु अनुकूलन र पर्यावरणीय सञ्जालसम्बन्धी महिला समितिको अध्यक्ष समेत छिन्। 
 
एशियाली राजनीतिक दलहरुको संस्था आइक्यापको स्थाई समितिको सदस्य तथा महिला विभागकी सहअध्यक्ष समेत रहेकी कोइरालाको यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै हुन लागेको हो। 
 
प्रधानमन्त्री ओलीको चीन भ्रमण लगत्तै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि चीन भ्रमणमा जाँदैछन्। चिनियाँ जनमुक्ति सेनाका ‘चिफ अफ जनरल स्टाफ’ फाङ फेङघुईको निमन्त्रणामा प्रधानसेनापति क्षेत्री त्यसतर्फ जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानसेनापतिसँगै उनकी धर्मपत्नी रीता क्षेत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा, अंगरक्षकलगायत ८ जना सहभागी हुनेछन् ।
 
चैत २० सम्म हुने भ्रमणका क्रममा प्रधानसेनापतिले चिनियाँ जनमुक्ति सेनाका विभिन्न युनिट अवलोकन तथा उच्चस्तरीय भेटवार्ता गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति भएपछि क्षेत्रीले गर्न लागेको चीन भ्रमण पहिलोपटक हो । यसअघि उनले भारत भ्रमण गरेका थिए ।



नयाँ