arrow

कुलेखानी भरियो, आसपास खतराको घण्टी

logo
प्रकाशित २०७६ असार ३० सोमबार
kulekhani-dam-1.jpg

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएपछि आसपास खतरा बढेको छ । 

कुलेखानी भरिएर ३० मिटरसम्म पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ । 

बाँध खोल्ने क्रम अबको केही समयमै सुरु हुने पनि जनाइएको छ । 

तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह पनि गरिएको छ । 

नेपाल प्रहरीले सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई आवश्यक सतर्कता  र तयारीको लागि सूचना सम्प्रेषण भइसकेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ