arrow

काउन्टडाउन थालेर पनि अन्तिम समयमा रोक्यो भारतले चन्द्रयान–२ को प्रक्षेपण

logo
प्रकाशित २०७६ असार ३० सोमबार
chandrayaan-2.jpg

काठमाडौं । भारतले प्रक्षेपण गर्ने भनेको चन्द्रयान–२ अन्तिम समयमा आएर रोकिएको छ । सोमबार बिहान भारतीय समयअनुसार २ः५१ बजे प्रक्षेपण गर्ने भनिएको चन्द्रयानमा प्राविधिक कारणले रोकिएको हो ।

आन्ध्र प्रदेशबाट गर्ने भनिएको प्रक्षेपण अन्तिम समयमा प्राविधिक गडबढीका कारण रोक्नु परेको जनाइएको छ । 

प्रक्षेपण गर्ने भनिएको समयको एक घण्टा अगाडिमात्र रोक्नु परेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । 

इसरोले प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ । उसले काउन्ट डाउन सुरु भएको ५६ मिनेट अगाडि प्रक्षेपण रोक्नु परेको जनाएको छ । 

चन्द्रयान प्रक्षेपणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द पनि श्रीहरिकोटामा पुगेका थिए ।

इसरोको अभियान सफल भएमा चन्द्रमा यान अवतरण गराउने भारत चौथो मुलुक बन्नेछ । 

यसअघि अमेरिका, चीन र रुसले चन्द्रमामा यान अवतरण गराइसकेका छन् ।

यो चन्द्रयानको खर्च एक सय ५० मिलियन डलर बराबर रहेको बीबीसीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ