arrow

इन्द्रसरोवरको ड्यामको खतरा टर्दै

भिमफेदी, इन्द्रसारोवर, बागमती गाउँपालिका, सर्लाही, रौतहट, सिन्धुलीमा पानी बग्ने जोखिम घटदै

logo
प्रकाशित २०७६ असार ३० सोमबार
kulekhani-dam-1.jpg

काठमाडौं। मकवानपुरको इन्द्रसरोवरको ड्याम भरीएर खतराको संकेत देखिएपछि निकासका लागि बिद्युत गृहमा पानी प्रयोग भएकाले हाललाई खतरा टरेको छ। 

कुलेखानी जलविद्यूत् आयोजना जलाशयको क्षमता भन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले इन्द्रसरोवरको ड्याम खोलेर पानी निकाल्ने प्रयास भइरहपनि हाल घाम लाग्नुका साथै पानीको निकास बिद्युत गृहले नै थेगिरेकाले खतरा टरेको मकवापनुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए।

कुलेखानीमा क्षमता भन्दा बढी पानी भरिएमा त्यहाँबाट बग्ने पानीले चार जिल्लाको खोला आसपासमा बाढीको खतरा हुने भएकाले सर्तक रहनका लागि मकवापनुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले आज बिहानै  आग्रह गरेका थिए।

कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेकोमा सोमबार मध्यान्ह १२ बजे  सम्ममा १५ सय २६ दशमलब १९ मिटर पानी भरिएको तर यसलाई ओभर फ्लो हुन नदिएको  उनले बताए।

निकासका लागि बिद्युत गृहमा पानी गइरहेको तथा घाम पनि लागिरहेकाले खतरा हाललाई टरेपनि फेरी  पानी पर्न थालेमा  भने खतरा निम्तने उनले संकेत गरे । 
प्रतिघण्टा २ मिटरका दरले पानी बढिरहे पनि यसको उपयोग विद्युत गृहमा भइरहेको छ।

आज बिहान ८ बजे कुलेखानी ड्याम भित्रको ढोका खोलेर पानी बाहिर छोडन लागेको थियो । ओभर फ्लो हुने बित्तिकै कुलेखानीको पानी निकाल्नका लागि नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिक हाई अर्लटमा रहेका छन।

कुलेखानीको ड्यामको ढोका खोले लगत्तै मकवानपुरको भिमफेदी, इन्द्रसारोवर, बागमती गाउँपालिका, यसैगरी सर्लाही, रौतहट, सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। 

बागमती नदीको तल्लोतटीय मकवानपुर सर्लाही र रौतहट जिल्लाको क्षेत्रमा बहाब बढ्ने  भएकाले नदीको छेउछाउ सांझ सम्मै सतर्कताको लागि अपिलगरेको छ। बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको प्रजिअ तामाङले बताए । 

२०५० सालमा पनि मकवानपुरको कुलेखानी जलविद्यूत् आयोजना जलाशय इन्द्रसरोवरको ड्याम भरीएर खतराको संकेत देखिएपछि पानी बाहिर निकास दिदा यी ४ जिल्ला प्रभावित भएका थिए । 

३७ वर्षअघि ड्याम निर्माण गरिएको ३ सय मिटर चौडाइ, १ सय १४ मिटर उचाइमा ड्याम रहेको छ । ७ किलोमिटर लामो जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । हो । कुलेखानी जलाशय प्रथमवाट ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत् उत्पादन हुँदै आएको छ । यही जलाशयको पानीबाट निर्माणाधीन कुलेखानी तेस्रोबाट १४ मेगावाट उत्पादन हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ