arrow

धोनीलाई सन्यास लिन बाध्य गर्दै चयनकर्ता, टोलीबाट बाहिर राख्ने तयारी

logo
प्रकाशित २०७६ असार ३० सोमबार
ms-dhoni.jpg

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको पछिल्लो समय लगातार आलोचना हुँदै आएको छ । यसैबीच केही मानिसले उनलाई सन्यास लिनको लागि सल्लाह दिइरहेका छन् भने केहीले उनको योगदानको सम्मान गर्दै आफैंलाई निर्णय गर्न दिइनुपर्ने बताएका छन् ।

भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार विश्वकपमा देखिएको ब्याटिङलाई आधार मान्दै मुख्य चयनकर्ता एमएसके प्रसादले उनीसँग कुराकानी गर्नसक्ने बताएका छन् । तर, उनले अब धोनीलाई टोलीबाट बाहिर राख्नुपर्ने बेला आएको बताएका छन् ।

प्रतिवेदनअनुसार बीसीसीआईका एक विश्वस्त स्रोतले ऋषभ पन्तजस्ता युवा खेलाडीले धोनीको स्थान लिनसक्ने बताएका छन् । धोनीलाई ६ वा ७ औं नम्बरमा ल्याउँदा पनि रन बनाउन संघर्ष गरिरहनु परेको कारण आगामी दिनमा उनी टोलीका लागि हानिकारक साबित हुनसक्ने बीसीसीआईको ठहर छ ।

प्रतिवेदनअनुसार धोनीको ब्याटिङ हेरेर उनलाई वेस्ट इन्डिज भ्रमणमा टोलीबाहिर राखिएको छ । यस्तोमा सन् २०२० मा हुने टी–२० विश्वकपमा पनि उनलाई टोलीमा समावेश गरिने सम्भावना कम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ