arrow

बाबुरामले भने, ‘पहिचानको पाँच, सामथ्र्यको चार आधार मान, प्रदेशको संख्या होइन सीमा मिलाऊ’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत १४ आइतबार
Baburam-bhattrai-stage.jpg.jpeg
विराटनगर । नयाँ शक्ति अभियानका संयोजक एंव पूर्व प्रधानमन्त्री बावुराम भट्टराईले प्रदेश सिमाङ्कनको विवाद सात प्रदेशमै खोजिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै भट्टराईले सात प्रदेशनै मुलुकका लागि उपयुक्त भएकाले सिमाङ्कनको विषयलाई भने हेरफेर गर्न सकिने बताए ।  
 
भट्टराईले नयाँ संविधानमा टेकेर पहिचानको पाँच आधार तथा सामथ्र्यका चार आधारलाई मानेर प्रदेशको संख्या होइन भौगोलिक सीमा मिलाउनु आवश्यक रहेको बताए ।  भट्टराईले भने, ‘नयाँ संविधान जारी भई सकेकाले विकास र समवृद्धिको युगमा मुलुकलाई लैजान सबै अग्रसर हुनुपर्दछ ।’ 
 
संयोजक भट्टराईले सरकार ढाल्ने र गिराउने खेलमा लाग्ने भन्दा पनि संविधान कार्यान्वय गरेर मुलुकमा समवृद्धि कायम गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताए । विगत २५ वर्ष सम्म सरकार गिराउने फोहरी खेलमा लागेकै कारण मुलुकले गति लिन नसकेकाले अब विकास सुशासनलाई मूख्य एजेन्डा मानेर दलहरु अघि बढनुपर्नेमा भट्टराईले जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ