गुरुपूर्णिमामा गुरुको वर्णन र स्तुति गरिएका संस्कृतका १६ श्लोकहरु
प्रकाशित २०७६ असार ३१ मंगलबार
1.9k
Shares
काठमाडौं । पूर्वीय संस्कृतिमा गुरुपूजाको विशेष महत्व रहेको छ। गुरुपूजाको दिन गुरुले दिएको आशीर्वाद अन्य दिनको आर्शीवादभन्दा विशेष मानिने भएकोले यस दिन गुरुआशीर्वादका लागि पनि टाढा टाढाबाट शिष्यहरु गुरुको समिपमा पुग्ने गर्दछन् । परलोक भईसकेका गुरुहरुलाई भने तस्वीरमा माल्यार्पण गरेर गुरु आराधना गर्ने प्रचलन छ।
संस्कृतमा एक उक्ति छ गुरु व्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर । अर्थात् गुरुले नै ब्रह्मा समान ज्ञानको सृष्टि, विष्णु समान स्थिती र गुरुद्वारा नै महेश्वर समान अहंकार आदिको संहारकर्ताको रुपमा गुरुलाई मान्ने गरिएको छ ।
यसरी गुरुहरुको स्तुतिको लागि संस्कृतमा लेखिएका केही श्लोकहरु तल प्रस्तुत गरिएको छ ।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम्।
तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः॥
ध्यानं सत्यं पूजा सत्यं सत्यं देवो निरञ्जनम्।
गुरिर्वाक्यं सदा सत्यं सत्यं देव उमापतिः॥"
माथि उल्लेखित श्लोकहरुमा अधिकांश श्लोकको अर्थ अखण्ड यस संसारमा व्याप्त सारा चर अचरमा वस्तुहरुमा देखिने गुरुहरुमा नमन । अज्ञानरुपि अन्धकारबाट ज्ञानको प्रकाशमा लैजाने यस्ता चक्षु समान गुरु प्रति नमन गर्दछु । "गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन, गुरु नै महेश्वर हुन् । गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।" जस्ता एउटै विषमा अर्थ टुंगिएकोले प्रत्येक श्लोकको अर्थ लेखिएन। यी श्लोकहरु भित्र गुरू वन्दनामा गुरूको स्वरूप, शक्ति, सृजन र महत्वको सूक्ष्म रहस्य लुकेको छ ।