arrow

अमित शाहको धम्की : पाकिस्तान नसुध्रिए फेरि हुन्छ आक्रमण

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
amit-shah-bjp.jpg

नयाँ दिल्ली। केन्द्रीय गृहमन्त्री अमित शाहले पाकिस्तान नसुध्रिए फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले लोकसभामा सोमवार आतंकवादी गतिविधिहरुमा संलग्नलाई जुनसुकै जाति र धर्मका मानिस भएपनि उन्मुक्ति नदिईने चेतावनी दिएका छन् । सरकारले पाकिस्तान जस्तो देशले पनि यस्ता गतिविधिलाई सहयोग गर्न नछाडेमा पहिलेजस्तै सर्जिकल स्ट्राइक र बालाकोटको जस्तो एयर स्ट्राइकको बाटो पनि अपनाउने संकल्प दोहोर्याएका छन् । 

गृहमन्त्री शाहले राष्ट्रिय जाँच एजेन्सी संशोधन विधेयक २०१९ माथि चर्चा गर्दै यो कानून बनेपछि यसको दुरुपयोग हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् । प्रस्तावित कानूनको दुरुपयोग हुन यो सरकारले कसैगरी पनि नदिने स्पष्ट पारेका छन्। 

उनले भने कि आतंकवाद निर्मूल पार्नु नै मोदी सरकारको मूल लक्ष्य रहेको बताए । आतंकवादबाट देशलाई जोगाउनको लागि आफूहरु हर प्रयासमा लागेको उनले बताए । उनले आतंकवाद निरोधक कानून ९पोटा० लाई निरस्त गर्न लागेको भन्ने विपक्षीको आरोपको जवाफ दिँदै शाहले भने कांग्रेसको नेतृत्वमा तत्कालीन संयुक्त प्रगतीशील गठबन्धन ९सम्प्रग० सरकारले भोट बैंकको लागि पोटालाई निरस्त गरेको आरोप लगाए । ''पोटा यस्तो कानुन थियो । जसबाट आतंकवादीको मनमा भय पैदा हुन्थ्यो, तर, २००४ मा सत्तामा आएपछि सम्प्रग सरकारले मन्त्रिमण्डलको पहिलो बैठकमा नै त्यसलाई  निरस्त गर्ने निर्णय गरिएको थियो ।''

एजेन्सीको सहयोगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ