arrow

१३ महिनामै प्रदेश नं ३ योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
khimlal-devkota.jpg

काठमाडौं । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिए । मंगलबार डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए ।

मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उनको भनाइ छ ।

पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैँ साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको उनले बताए। मुख्यमन्त्रीलगायतले राजीनामा फिर्ता गर्न अनुरोध गरेको पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनको धारणा छ । उनले सो पदमा १ वर्ष १ महिना काम गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ