काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशन सम्पन्न भैसकेको करिब तीन हप्तासम्म पनि राजधानीको बिभिन्न भागमा टाँगेको पार्टीको झण्डा अझै जस्ता तस्तै झुण्डिरहेको छ। सहरलाई सफा राख्नुपर्छ भनेर बारम्बार भनिरहने काँग्रेसले आफुले गरेको कार्यलाई बिचार पुरयाएको देखिंदैन्। आफ्नो झण्डा आफुले झुण्ड्याएपछि निकाल्ने कार्य पनि काँग्रेस स्वयं कै हो तर कसैले वास्ता गरेको देखिंदैन्।
सामाजिक संजालमा यो कार्यको बिरोध भैरहेको छ। काँग्रेसका थुप्रै नेताहरु माहधीवेशनलाई मध्यनजर गर्दै सामाजिक संजाल प्रवेश गर्ने प्रतिस्पर्धा चलेको थियो तर उनीहरुलाई मेन्सन गरेर लेख्दा पनि कुनै प्रतिकृया नआउनु आफैमा उदेक लाग्दो देखिन्छ। देशकै ठुलो पार्टीको यस्तो रवैयाले नकरात्मक सन्देश जाँदै गर्दा पनि काँग्रेसले कुनै कदम चालेको छैन्।
बिबिसीका नेपाल प्रमुख रविन्द्र मिश्र ले फोटो सहित ट्विट गरे - 'देशको सबभन्दा ठूलो पार्टीले महाधिवेशनका लागि यसरी झण्डा टांगेपछि, निकाल्न् पर्छ कि पर्दैन?' यस्को जवाफमा काँग्रेसका प्रभावशाली नेता र पुर्व सह-महामन्त्री पुर्ण बहादुर खड्काले जवाफ दिए -'हटाउनुनै पर्छ।ढिलो गरेर गल्तिभाको छ।काङ्ग्रेसको जिम्मेवार ब्यक्तिको नाताले गल्ति स्विकार्दै,हटाउने काम तत्काल सुरु हुनेछ धन्यबाद'।
मिश्रले उक्त ट्विट शनिवार, चेत्र १३ गते बिहान ८ बजे गरेका थिए र खड्काले हटाउने कार्य सिघ्र शुरु गर्ने बताउँदा पनि आजसम्म शहरमा झण्डाको स्थिती उस्तै छ।
यसैक्रममा पर्यटन ब्यवसायीले पनि काँग्रेसको झण्डाको बारेमा ट्विट गर्दै भनेका छन् - 'पार्टी नाराले आकासमात्र हैन भीत्तापनी बाक़ी राखेन बीबेकहीनलाई बीबेकशील बनाउने नागरीक शीक्षा चाहियो'। मिश्रको ट्विटमा शाक्यले अरु राजनैतिक पार्टीले गरेको भित्ते लेखनको फोटो सहित रिप्लाई गरेका छन्।
मन्त्री परिषद र प्रधानमन्त्री कार्यलयको हेलो सरकारको आधिकारिक ट्विटर हेण्डलले उक्त उजुरीकालागि गृह र कानुन मन्त्रालयलाई पत्राचार गरिसकेको ट्विट मिश्र र शाक्यलाई मेन्सन गर्दै रिप्लाई गरेका छन्। उक्त पत्राचारको पत्र संख्या ३०३५२,३०३५३ रहेको पनि हेलो सरकार ले जनाएको छ। मन्त्रालयबाट उक्त पत्रका उपर कति समयमा के कस्तो कारवाही हुन्छ त्यो भने समयले नै बताउने छ।
काँग्रेस जस्तो ठुलो पार्टीले झण्डा निकाल्न यती समय लगाउँछ भने अरु बिकास निर्माणका कार्य वा सुशासनका बारेमा सर्वसाधारणले कसरि बुझ्ने ?