arrow

आक्रोशित हुँदै प्रधानमन्त्री मोदीले मागे 'गायब' मन्त्रीहरुको सूची

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
modi-oath.png

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार संसदमा गैरहाजिर रहनेवाला आफ्ना मन्त्रीहरुको प्रति आक्रोश व्यक्त गरेका छन् । उनी मन्त्रीहरुको यस रवैयालाई लिएर यति आक्रोशित थिए कि पार्टीका नेताहरुसँग साँझसम्म गैरहाजिर रहनेवाला मन्त्रीहरुको सूची तयार गर्नको लागि निर्देशन दिएका छन् । 

संसदमा मंगलवार भएको भारतीय जनता पार्टीको साप्ताहिक संसदीय बैठकमा मोदीले पार्टी नेताहरु र खासगरी आफ्ना मन्त्रीहरुको बारेमा आक्रोश जनाएको कुरा नवभारत टाइम्सले समाचार छापेको छ । मोदी निकट स्रोतका अनुसार मोदी रोस्टममा हुँदा पनि संसदमा अनुपस्थितहुने मन्त्रीहरुलाई लिएर विशेष आक्रोशित थिए । उनले यस मुद्दालाई गम्भीर रुपमा लिँदै यस्ता मन्त्रीहरुको सूची तयार गर्नको लागि भनेका हुन् । यस दौरान पीएमले सांसदसँग समाज सेवामा जोडिनको लागि भनेका छन् । 

पीएम मोदीले बैठकमा सांसदहरुसँग आ आफ्नो क्षेत्रमा उर्जावान रुपमा लाग्नको लागि भनेका थिए । उनले सांसदलाई सामाजिक कार्यसँग जोडिनको लागि पनि भनेका छन् । पीएमले पशुपालनमा चर्चा गर्दै सांसदहरुसँग समय समयमा फैलिने रोगको समाधानको लागि सक्रिय भएर लाग्न पनि भनेका छन् । पीएम मोदीले ११५ पिछडिएका जिल्लाहरुमा खास रुपमा सांसदहरुलाई काम गर्नुपर्ने आवश्यकता औल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ