arrow

जनताको लागि सुनको छानो त्यागे 'महाराज' सिन्धियाले 

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
scindia-mahal.jpg

भोपाल। लोकसभा चुनावमा आफ्नो परम्परागत सीट गुना-शिवपुरीबाट पहिलोपटक हारको सामना गरेका कांग्रेसका दिग्गज नेता ज्योतिरादित्य सिन्धिया अहिले आफ्नो सम्भ्रान्त स्वभाव विस्तारै बदल्ने प्रयासमा जुटेका छन् । राजनीतिमा अहिलेसम्म कार्यकर्ताहरुबीच 'महाराज'को नामबाट सम्बोधित गरिदै आएका सिन्धिया आफ्नो छवि तोड्नको लागि प्रयासरत छन् । 

आफ्नो राजनीतिको शुरुवातबाट आजसम्म आफ्नो जय विलास प्यालेसको रानी महलमा कार्यकर्ताहरुसँग भेटघाट गर्नेवाला सिन्धिया पहिलोपटक कार्यकर्ताहरुसँग भेटघाटको लागि जिल्ला कांग्रेसको कार्यालय  पुग्दैछन् ।

त्यस कार्यक्रमका लागि सिन्धिया १७ जुलाईमा दुई दिनको यात्रापछि ग्वालियर पुग्नेछन् । जहाँ उनको साँझ जिल्ला कांग्रेसको कार्यालय पुग्ने कार्यक्रम रहेको छ । यो पहिलो घटना हो सिन्धिया कांग्रेसको कार्यालयमा बैठकको लागि जाँदैछन् । आफ्ना महाराज काँग्रेस कार्यालयमा आउने खबर सुनेर कार्यकर्ताहरुमा भने एकदमै उत्साह भरिएको छ । यसभन्दा पहिले आफ्नो ग्वालियर भ्रमणको समय सिन्धियाले आफ्नो जय विलास प्यालेसमा नै कार्यकर्ताहरुसँग भेटघाट गर्दै आएका थिए । 

पछिल्लो निर्वाचनमा पराजीत भएपछि उनले महलमा बसेर चुनाव जित्न नसकिने निष्कर्ष निकालेका थिए । चुनाव हारेपछि उनले मिडियाको सवालमा जवाफ दिँदै भनेका थिए ''पक्कै पनि केही कमि हुनुपर्छ । त्यसैले यस्तो नतिजा आएको हो । त्यो कमजोरी पूरा गर्ने प्रयास गर्नेछु।'' उनले पहिले नै आफ्नो छवि सुधार्नुपर्ने आवश्यकता औंल्याएकोले पनि उनी आफ्नो दरबारबाट निस्किएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ