arrow

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको जानकारी

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
kp ili.jpg.jpeg
काठमाडौं । साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । ओलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी गराएका छन् । ओलीले भ्रमण सफल भएको बताउँदै महत्वपूर्ण विकास सम्झौता भएको प्रतिक्रिया दिए । यस्तै, ओलीले भ्रमण अत्यन्तै फलदायी भएको भन्दै नेपालको विकासमा चीनको लगानी अझै बढ्ने विश्वास गरे । हिमालयन एयरलान्सबाट बेजिङ गएका ओली सोही एयरलाइन्सको विमानमा स्वदेश फर्किएका हुन् । 
 
प्रधानमन्त्रीलाई सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसद, एमालेका नेताहरु तथा उच्च सरकारी अधिकारीले स्वागत गरेका । प्रधानमन्त्री चैत ७ गते चीन प्रस्थान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ