arrow

स्वर्ण पदक विजेता सलिना प्रदेश स्तरीय खेलमा वञ्चित    

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ साउन १ बुधबार
salina-malla.jpg

पुनर्वास । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता पुुनर्वासका खेलाडीलाई प्रदेश स्तरीय खेलबाट बञ्चित गरिएको छ ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा असार २२ र २३ गते सञ्चालन गरिएको जिल्ला स्तरीय खेलमा स्वर्ण पदक विजेता पुनर्वासकी सलिना मल्ल प्रदेश स्तरीय खेलबाट बञ्चित बन्न पुगेकी हुन् । 

असार अन्तिम साता सम्पन्न जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको ८०० मिटर दौडमा स्वर्ण पदक जितेकी सलिनालाई प्रदेश स्तरीय खेलबाट बञ्चित गराइए पछि दक्षिणी क्षेत्रमा आयोजकको निकै आलोचना गरिन थालिएको छ ।
 
कञ्चनपुर स्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भई स्वर्ण पदक विजेता खेलाडी सलिना मल्ल पुनर्वासस्थित जीवन ज्योति माध्यमिक विद्यालयकी छात्रा हुन् ।

जिल्ला स्तरीय खेलको खुला प्रतियोगितामा स्वर्ण पदक विजेता सलिनाले आफूमाथि अन्याय भएको भन्दै दुःख व्यक्त गरेकी छिन् । उनले भनिन् –खुला प्रतिस्पर्धामा जिल्लामै आफू विजेता बन्दा पनि राजनीतिक खिचातानीका कारण प्रदेश स्तरीय खेलबाट आफूलाई बञ्चित गराइँदा अहिले आफूलाई  विजेताको आभास नै भएको छैन । 

राज्यले प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गरिनु पर्ने भए पनि प्रदेश खेलकुद आयोजकले उनी प्रती देखाएको तिरस्कारले सिंगो दक्षिणी क्षेत्रनै अवहेलित बन्न पुगेको छ । खेलाडी सकिनाले भनिन्  जिल्ला स्तरीय कुनैपनि खेलमा दक्षिणीक्षेत्रका खेलाडीहरु सहभागी नहुँदा राम्रो होला ।  

सलिना अध्ययनरत जीवन ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतकुमार बस्नेतले जिल्लाबाट स्वर्ण पदक विजेता बनेकी सलिनालाई प्रदेश स्तरीय खेलमा सहभागी नगराउनुमा निकै ठूलो छलकपट भएको बताए । 

यस्ता छलकपटका कारण सलिना जस्ता प्रतिभावान खेलाडीहरुको ईच्छा शक्ति कमजोर हुने र खेलप्रति खेलाडीको नकारात्मक दृष्टि हुने हुँदा सम्बन्धित निकायहरुले समयमै खेलाडीप्रति निष्पक्ष र न्योचित व्यवहार देखाउन संयमित हुन जरुरी रहेको बताए । 

धनगढीमा हुनुपर्ने प्रदेश स्तरीय खेललाई महेन्द्रनगरमै गराएको र आफूहरुलाई सो खेलमा सहभागीका लागि कुनै पत्राचार नै नगरेको प्रधानाध्यापक बस्नेतले बताए । 

सलिनामाथि भएको छलकपटको विषयमा कञ्चनपुर जिल्ला खेलकुद विकास समितिकाका प्रमूख गोपाल भट्टसँग बुझ्दा यसमा छलकपट भन्दा पनि प्रदेशका लागि छनौटमा परेका खेलाडीलाई खान,बस्नको सुविधा छ । तपाईहरु कतै नजानुहोला भनेर जानकारी पनि सबैलाई गराएका हौं भने । 

यताबाट पुनर्वासका खेल शिक्षकलाई खेल असार २८ गते महेन्द्रनगरमा हुने भनेर जानकारी गराएको बताएपनि प्रधानाध्यापक बस्नेतले भने जानकारी नगराएको बताए ।

कथंकदाचित फोन सम्पर्क गर्दा अन्त कसैलाई पो सम्पर्क भएको होकी भन्ने विषयमा उनले अनविज्ञता प्रकट गरे । वर्षायाममा हतारका कारण खेलहरु भएको हुँदा गल्ती भएको हुनसक्ने उनले बताए । 

आफ्ना नगरका यस्ता प्रतिभावान खेलाडीप्रति जिल्लाले देखाएको गलत व्यवहार प्रति पुनर्वास नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले पनि यस विषयमा न्यायोचित छानविन होस् भन्दै चिन्ता व्यक्त गरेका छन् । छात्रा सलिना पुनर्वास स्तरीय खेलमासमेत प्रथम स्थानमा रहेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ