arrow

राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

logo
प्रकाशित २०७६ साउन १ बुधबार
trump13.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध खेद प्रस्ताव पारित गरिएको छ। चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी संसदले ट्रम्प विरुद्ध खेद प्रस्ताव पारित गरेको हो । 

ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसदले खेद प्रस्ताव पारित गरेको हो । १८७ जना डेमोक्रयाटिक सदस्य रहेको उक्त संसदबाट यो प्रस्ताव २४० मतले पारित भएको हो ।

संसदका अन्य सदस्यले पनि यो प्रस्तावको समर्थन गरेपछि संख्या २४० भएको हो । ‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्याटिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृ एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमारलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले गरेको ट्वीटको ब्यापक आलोचना भइरहेको छ ।

अधिकांशले ट्रम्पलाई नस्लवादी भएको आरोप लगाएका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफू नस्लवादी नभएको बताएका छन् । ट्रम्पले चार महिला सांसदलाई अमेरिका छाड्न सुझाव दिएका थिए ।

अमेरिकी संसदमा ट्रम्प विरुद्ध खेद प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी वैधता रहँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ