arrow

कर्मचारीलाई लागु भयो पान अनिवार्य

logo
प्रकाशित २०७६ साउन १ बुधबार

काठमाडौं । सरकारले निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारीलाई साउन १ गते बुधबारदेखि लागू हुनेगरी स्थायी लेखा नम्बर (पान) अनिवार्य गराएको छ । 

पान नभएका श्रमिकलाई वितरण गरेको पारिश्रमिक, ज्याला एवं स्थायी लेखा नम्बर उल्लेख नभएको एक हजार रुपैयाँभन्दा बढी मूल्यको बिजक बापतको खर्च कट्टी गर्न नपाउने आर्थिक ऐनमा व्यवस्था छ । 

यससँगै सरकारी र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पान नम्बरविना तलब दिन पाइने छैन ।

पानमार्फत तलब भुक्तानी गर्दा कर्मचारीले पाएको पारिश्रमिकको यकीन विवरण मात्र थाहा हुने छैन पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने सम्भावना समेत हुने छैन । 

निजी क्षेत्रले भने यसलाई तत्कालै लागु गर्न खोजेको छैन । निजी क्षेत्रले विना तयारी सरकारले पान र बैंकिङ प्रणालीको नीति लागू गर्न खोजेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ