- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलको चर्चा अझै सकिएको छैन । निकै रोमाञ्चक मानिएको सो खेलमा इंगल्याण्ड र न्युजिल्याण्डले बराबरीको नतिजा निकालेका थिए ।
त्यसपछि खेलाइएको सुपरओभरमा पनि दुवै टोलीले बराबरीको नतिजा निकालेका थिए । त्यसपछि बाउन्ड्री काउन्टको नियमको आधारमा इंगल्याण्डलाई विजेता घोषणा गरिएको थियो । यस विषयमा सचिन तेन्दुलकरले विजेताको फैसला गर्न अर्को एक सुपरओभर गराइनुपर्ने बताएका छन् । दुवै टोलीले पूरा खेलमा निकै शानदार प्रदर्शन गरेका थिए ।
फाइनलमा बराबरीपछि न्युजिल्याण्डका प्रशिक्षक गैरी स्टेडले आगामी विश्वकपमा यसरी बराबरीको नतिजा आए । दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिनुपर्ने बताएका छन् । यसैबीच श्रीलंकालाई विश्वकप जिताउने प्रशिक्षक डेव व्हाटमोरले पहिलो पटक बाउन्ड्री काउन्टको नियमको बारेमा सुनेको बताए । व्हाटमोरले फाइनलमा कुनै विजेता नभएको कारण ट्रफी शेयर गरिनुपर्ने बताए ।
न्यजिल्याण्डका प्रशिक्षक स्टेडले सात सातासम्म निकै तयारीका साथ खेलेर फाइनल पुगेर बराबरीको नतिजाको बाबजुद हार्नु निराशजनक रहेको बताए ।
अम्पायरले ५० औं ओभरमा इंगल्याण्डका ब्याट्सम्यानलार्य ओभर थ्रोको ५ को सट्टामा ६ रन प्रदान गरिएको विषयमा स्टेडले यसको बारेमा आफूलाई थाहा नभएको बताए । विश्वकप फाइनलपछि विश्वकपको बाउन्ड्री काउन्टको नियमको आलोचना भइरहेको छ ।