arrow

सबै मालपोतलाई विभागको पत्र, पुँजीगत लाभकर र रजिष्ट्रेसन शुल्कका बारेमा यस्तो दियो निर्देशन

logo
प्रकाशित २०७६ साउन १ बुधबार
malpot.jpg.jpeg

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै जिल्लाका मालपोत कार्यालयहरुमा पत्र लेख्दै पुँजीगत लाभकर र रजिष्ट्रेसनको शुल्कमा भिन्दा भिन्दै नियम लागू गरेको छ । विभागले सोमबार जारी गरेको पत्रमा आर्थिक वर्ष परिवर्तन भएसँगै घर जग्गा रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर सम्बन्धमा सम्बन्धित प्रदेशको आर्थिक विधेयक २०७६/७७ अनुसार र पुँजीगत लाभकर विषयमा नेपाल सरकारको बजेट सम्बन्धी आर्थिक ऐन २०७६/७७ लाई कार्यान्वयन गर्न गराउन भनिएको छ । 

अर्को तर्फ प्राकृतिक व्यक्ति बाहेक अन्य व्यक्तिको घर जग्गाको कारोबारको हकमा दफा ९५ क(६) मा उल्लेख भए अनुसारको प्राकृतिक व्यक्ति बाहेक अय कुनैपनि व्यक्तिको स्वामित्वको जग्गा वा भवनको निसर्ग भएको मूल्यमा मालपोत कार्यालयले रजिष्ट्रेसनको बखत एक दशमलव पाँच प्रतिशतका दरले अग्रिम कर अअसुल गर्नुपर्ने व्यवस्था समेत उल्लेख भएको छ । 

जग्गा तथा घरजग्गा निःसर्गमा पूँजीगत लाभ कर सम्वन्धी निर्देशिका, २०७२ अनुसार आयकर ऐन, २०५८ को दफा ९५क ले प्राकृतिक व्यक्तिले गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्ग गर्दा लाभ भएमा त्यस्ता लाभमा निःसर्गकै बखत पूँजीगत लाभकर अग्रिम रुपमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । आयकर ऐन, २०५८ को परिच्छेद–८ अन्तर्गत विभिन्न दफाहरुमा सम्पत्तिको निःसर्ग हुँदा लाभ वा नोक्सानीको गणना कसरी गर्ने भनी उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ