- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कलंकी मालपोत कार्यालयमा तिरो बुझाउनेहरुको जग्गाको मूल्यांकन बढेको छ । सो मालपोतमा तिरो तिर्नेहरु, चन्द्रागिरि नगरपालिकाका सबै वडाहरु, काठमाडौ महानगरपालिका वडा नं. १३, १४, १५ अन्तर्गतका केही सडकको दायाँ बायाँ, कीर्तिपुर नगरपालिकाको ३, ४,५,६,७, ८ र ९ वडा र कीर्तिपुर चक्रपथ तथा त्यसभित्रको क्षेत्र लगायतका क्षेत्रका जग्गाको तिरो कलंकी मालपोतमा तिर्ने गरिन्छ ।
यसरी कलंकी मालपोत अन्तर्गत् नागार्जुन न पा वडा नं वडा नं. ९ र १० (साविकको स्युचाटार गा.वि.स.), नागार्जुन न पा वडा नं ४, ५ साविक सितापाइला गाविस, नागार्जुन नपा वडा नं ४, ५ साविक डाडापौवारामकोट गाविसको जग्गाको न्यूनतम मूल्याङ्कन बढेको हो ।
यस बाहेक निम्नस्थानको जग्गाको मूल्यांकन बृद्धि भएको छ।
-नागार्जुन न पा वडा नं ८ साविक भीमढुंगा गाविस
- नागार्जुन न.पा.वडा नं. १, २ र ३ (साविक इचंगुनारायण गा.वि.स.÷साविक वालाजु वडा नं.७, ८ र ९)
- चन्द्रागिरि न.पा. १५ (साविक तीनथाना गा.वि.स.)
- चन्द्रागिरि न.पा. १४ (साविक नयाँ नैकाप गा.वि.स.)
- चन्द्रागिरि न.पा. १० ११ (साविक सतुंगल गा.वि.स.)
- चन्द्रागिरि न.पा. १२ (साविक बलम्बू गा.वि.स.)
- चन्द्रागिरि न.पा. ३ र ४ (साविक थानकोट गा.वि.स.)
- चन्द्रागिरि न.पा. ५, ६ र ७ (साविक थानकोट महादेवस्थान गा.वि.स.)
- चन्द्रागिरि न.पा. २ (साविक वाडभन्ज्याङ गा.वि.स.)
- चन्द्रागिरि न.पा. १३ (साविक नैकाप पुरानो भन्ज्याङ गा.वि.स.)
- चन्द्रागिरि न.पा. ८ (साविक मातातीर्थ गा.वि.स.)