arrow

काठमाडौंको साँखुमा एक आना जग्गाको मूल्य ३१५० रुपैयाँ मात्रै

logo
प्रकाशित २०७६ साउन १ बुधबार
land-rate.jpg

काठमाडौं । मालपोत कार्यालयले साँखु मालपोत कार्यालयमा तिरो बुझाउनेहरुको जग्गाको मूल्यांकनमा परिवर्तन गरेको छ । मालपोत कार्यालय साँखु काठमाण्डौको क्षेत्राधिकारमा पर्ने स्थानको जग्गाको लिखित पारित गर्ने प्रयोजनको लागि तयार पारिएको यो न्यूनतम मूल्यांकन यही साउन १ गतेदेखि लागु हुनेछ । यसमा तोकिएको मूल्यभन्दा धेरैमा जग्गा बिक्रि हुने भएपनि तिरो तिर्ने प्रयोजनको लागि भने यही न्यूनतम मूल्यांकनमा तोकिएको दरमा नै विक्रि भएको मानिनेछ । यसरी साँखु मालपोतमा तिरो तिर्नेहरुमध्ये सबैभन्दा धेरै मूल्यांकन १७ लाख रुपैयाँ प्रति आनाको छ ।

देशभरका जग्गाहरुको मूल्यांकन परिवर्तन गर्ने क्रममा चन्द्रागिरि नगरपालिकाका सबै वडाहरु, काठमाडौ महानगरपालिका वडा नं. १३, १४, १५ अन्तर्गतका केही सडकको दायाँ बायाँ,  कीर्तिपुर नगरपालिकाको ३, ४,५,६,७, ८ र ९ वडा र कीर्तिपुर चक्रपथ तथा त्यसभित्रको क्षेत्र लगायतका क्षेत्रका जग्गाको तिरो कलंकी मालपोतमा तिर्ने गरिन्छ । यसरी कलंकी मालपोत अन्तर्गत् नागार्जुन न पा वडा नं वडा नं. ९ र १० (साविकको स्युचाटार गा.वि.स.),  नागार्जुन न पा वडा नं  ४, ५ साविक सितापाइला गाविस, नागार्जुन नपा वडा नं  ४, ५ साविक डाडापौवारामकोट गाविसको जग्गाको न्यूनतम मूल्याङ्कन बढेको हो । 

यसरी साँखु मालपोतमा तिरो तिर्नेहरुमध्ये कुन ठाउँको जग्गाको कति मूल्य पर्दछ तल उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ