arrow

नेप्सेको सेयर बेच्न लागेको राष्ट्र बैंकको खरिद गर्न चाहनेलाई १९ शर्त

logo
प्रकाशित २०७६ साउन १ बुधबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकको लगानी रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सेयरलाई लीलाम बढाबढमा विक्री गर्न लागेको छ । मंगलबार एक सूचना जारी गर्दै बैंकले प्रति शेयर रु.१०० अंकित दरको जम्मा १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमद्वारा बिक्री गर्न लागेको हो । 

सो सेयर खरीद गर्नको लागि बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाहरु नै चाहिने शर्त रहेको छ । ईच्छुकहरुले भाद्र २ गते भित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दररेटमा खरिद गर्न कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी आवेदन पेश गर्न आह्वान गरेको हो ।

राष्ट्र बैंकले यसको लागि विभिन्न ९ किसिमका शर्तहरु राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ