arrow

बद्री पंगेनीले मार्ने धम्की दिएको भन्दै जिप्रकामा उजुरी

आरोप पुष्टि भए कार्वाही भोग्न तयार छु : पंगेनी

logo
प्रकाशित २०७६ साउन १ बुधबार
badri_pangeni.jpg

काठमाडौँ । चर्चित लोक दोहोरी गायक बद्री पंगेनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै आज प्रशासन कार्यालयमा उजुरी परेको हो । पंगेनीसहितको समूहले संचालन गर्दै आइरहेको दोहोरी साँझबाट लिनु पर्ने रकम माग्दा ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

उनको दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशन बापतको ५५ लाख रुपैया नतिरेर लामोसमयदेखि झुलाएको शेर्पाले बताएका छन् । रकम माग्न जाँदा रकम दिनुको सट्टामा मार्ने  असुरक्षा महशुष गर्नु परेको शेर्पाले आफन्तहरुसँग बताउने गरेका छन् । उनीहरूको धम्कीका कारण आफु मानसिक तनावमा परेको उनको भनाई छ ।

काठमाडौंको सीतापाईला निवासी शेर्पाले आफूलाई पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बबहरमहलमा उजुरी दिएका हुन् ।गायक पंगेनीसँगै उनको दोहोरी साँझका व्यवसायीक साझेदारद्धय विजय सिंह र सुवास अधिकारी विरुद्ध पनि शेर्पाले उजुरी दिएका हुन् ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टि फर्निचरबाट उनीहरुले करीव ५५ लाख रुपियाँ बराबरको डेकोरेशन गराएका थिए ।गायक पंगेनी र उनका साझेदारहरूले सरकार र प्रहरी आफ्नो पक्षमा भएकाले तिमिले केही गर्न सक्दैनौ भन्दै धम्क्याउने गरेको शेर्पाको आशय छ ।

गत निर्वाचनका बेला ‘मैपनि एमाले‘’ बोलको गीत गाएर एमालेको पक्षमा भोट माग्दै हिडेका पंगेनीले अरुलाई पनि सत्ताको घमण्ड देखाउने गरेको पिडितहरुले बताउने गरेका छन् ।

पंगेनीले घमण्ड देखाउदै पटक पटक धम्की दिएपछि आफु बाध्य भएर प्रशासनमा जान परेको शेर्पाले बताएका छन् । गायक पंगेनी यसअघि ठिक दुई बर्ष अगाडी पनि जुवाको खालबाट प्रहरीले पक्राउ गरेपछि विवादमा परेका थिए ।

गायक पंगेनीले भने आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेका छन् । नीरमाया दोहोरी साँझसंग जोडेर आफ्नो नाम आएको भन्दै उनले नीरमाया दोहोरी साँझसंग कुनै सम्बन्ध नरहेको बताए ।

'विजय सिंह र सुवास अधिकारीजीसंग भएको कारोबारसंग मलाई जोड्नु भनेको मेरो चरित्र हत्या गर्ने प्रयाशको रुपमा मैले बुझेको छु ।’ उनले भने,'जसले म बिरुद्ध उजुरी दिएको भन्ने सुन्नमा आयो म उहाँहरुलाई चिन्दिन यदि मैले गल्ति गरेको आरोप पुष्टि भए म जस्तोसुकै कार्वाही भोग्न तयार छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ