arrow

काठमाडौंबाट दिल्ली उडान भर्न लागेको जेट एयरको विमानमा बम रहेको हल्ला, सुरक्षा कडाई

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
biman-new.jpg.jpeg
काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उडान भर्न लागेको जेट एयरको विमानमा बम रहेको हल्ला फैलिएको छ । आइतबार अपरान्ह ४ बजेर १५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिल्ली फर्किने बेलामा बम रहेको हल्ला फैलिएपछि जहाजको चेकजाँच गरिएको विमानस्थल प्रहरीले जनाएको छ । बम रहेको हल्ला पछि विमानस्थलमा सुरक्षा कडाई गरिएको प्रहरीले जारकारी दिएको छ । पेनको खान तलासीका लागि आर्मी र प्रहरी तैनाथ भएका छन् । विमान नजिक दमकलहरु तयारी अवस्थामा छन् । 
 
विमान जाँच गर्नु अघि सवै यात्रुलाई जाँच गरिएको बताइएको छ । विमानको लगेज लगायत अन्य जाँच भइरहेको छ । यसअघि, केही दिन अघि मात्रै दिल्लीबाट काठमाडौं उड्नै लाग्दा नेपाल एयरलाइन्सको एयर बसमा बम रहेको हल्लाले विमानको उडान नै रद्द भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ