arrow

अफ्रिका कप अफ द नेसन्समा नाईजेरिया तेस्रो स्थानमा 

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
nigeria1.jpg

काठमाडौं । अफ्रिका कप अफ दि नेसन्स फुटबलमा नाईजेरियाले तेस्रो स्थान ओगट्न सफल भएको छ । इजिप्टमा भइरहेको प्रतियोगिताको बुधबार राति भएको खेलमा नाईजेरियाले ट्युनेसियालाई पराजित गरेको हो । 

ओडियन इग्लुको निर्णायक गोलको सहयोगमा नाईजेरियाले तेस्रो स्थानका लागि भएको प्लेअफमा जित निकालेको हो । 

इग्लुले खेलको तेस्रो मिनेटमै गोल गरेर नाइजेरियाको जित सुनिश्चित गरेका थिए । इग्लु प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत हुन् । 

इग्लुले प्रतियोगितामा सर्वाधिक ५ गोल गर्नसमेत सफल रहेका छन् ।

तीन पटकको विजेता नाईजेरियाले आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो ।

प्रतियोगिताको उपाधिका लागि सेनेगल र अल्जेरिया फाइनलमा खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ