arrow

कुख्यात लागूऔषध तस्कर ‘एल च्यापो’लाई जन्मकैदसंगै १२ अर्ब डलर जरिवाना

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
al-chhapo.JPG

काठमाडौं । मेक्सिकोका कुख्यात लागूऔषध तस्कर ह्वाकिन ‘एल च्यापो’ गुजम्यानलाई जन्मकैदको सजाय भएको छ । ६२ वर्षीय च्यापोलाई त्योसंगै अतिरिक्त ३० बर्षे जेल सजाय अमेरिकी अदालते सुनाएको छ । 

उनलाई १० वटा अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको हो । त्यसैगरी अदालतले उनलाई साढे १२ अर्ब डलरभन्दा बढी जरिवाना गर्ने निर्णयसमेत गरेको छ ।

गत फेब्रुअरीमा न्यूयोर्कस्थित अदालतले हत्याको षड्यन्त्र र कयौं टन कोकिन, हिरोइन र गाँजा तस्करीको आरोपमा उनलाई दोषी ठहर गरेको थियो ।

उनलाई सन् २०१७ मा अमेरिकामा सुपुर्दगी गरिएको थियो ।

उनी सिनाओला कार्टेलका नामले परिचित कुख्यात लागूऔषध तस्करी गिरोहका नाइके भएको बताइएको छ ।

फोर्बसले सन् २००९ मा उनलाई विश्वका धनी ब्यक्तिको सूचीमा एक बिलियन डलर सहित ७०१ औं स्थानमा राखेको थियो । 

उनीमाथि कम्तीमा ३ जना मारेको दोष पनि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ