arrow

भारतीय क्रिकेट टिमलाई नयाँ प्रशिक्षक, शास्त्रीलाई बाइबाइ !

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
bcci.jpeg

काठमाडौं । भारतीय क्रिकेट टिमका लागि नयाँ प्रशिक्षक चाहिएको छ । एक दिवसीय विश्वकप क्रिकेट खेलेको टिमका प्रशिक्षक रवि शास्त्रीलाई विदाई गरिएसंगै नयाँ प्रशिक्षक चाहिएको हो । 

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सेमिफाइनलबाटै बाहिरिएको टिमका प्रशिक्षक शास्त्रीलाई नविकरण गर्न नचाहेपछि नयाँ प्रशिक्षकको खोजी भएको हो । 

कपिल देव नेतृत्वको प्यानललाई नयाँ प्रशिक्षक चुन्ने जिम्मेवारी सुम्पिएको छ । यो मामलाको अन्तिम निर्णय भने सर्वोच्च अदालतको सुनुवाइ पछि लिन सकिने छ । 

आवेदन दिने अन्तिम मिति जुलाई ३० तारिखसम्म राखिएको छ । कमिटि अफ एड्मिनिस्ट्रेटर्स सीओएले अदालतबाट क्रिकेट एड्भाइजरी कमिटिलाई जारी राख्नेबो निर्देश मागेको थियो । 

यो प्यानलमा सचिन तेन्दुलकर, सौरव गांगुली र भीभीएस लक्ष्मण पनि सामेल छन् । अदालतले निर्णय नदिएसम्म प्यानलले केही कदम उठाउन सक्ने छैन । 

यसअघि तदर्थ समितिमा सामेल कपिल देव, अंशुमान गायकवाड र शान्ता रंगास्वामीले महिला क्रिकेट टिमको प्रशिक्षकका रुपमा डब्ल्यू बी रमनलाई नियुक्त गरेका थिए । 

बीसीसीआईले तदर्थ समितिले नै पुरुष टिमको प्रशिक्षक चुन्नलाई भने पनि सचिन तेन्दुलकरले भने असन्तुष्टि जनाएका थिए । सहायक प्रशिक्षकको पनि आवेदन परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ