arrow

भिसिटिएस र सामाजिक सुरक्षा ऐनका विरोधमा रुपन्देहीका उद्योगी व्यवसायी

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
VCTS-social-securiti.png

बुटवल। सामान ढुवानीमा  भिसिटिएस सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै बुटवलका उद्योगी व्यवसायीहरु पनि विरोधमा उत्रिएका छन् । भिसिटिएस र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै बुटवलका  व्यवसायीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने र भोली बिरोध र्याली निकाल्ने भएका छन ।

रुपन्देहीका व्यवसायीक सस्थाहरुको साझा सस्था सञ्जाल रुपन्देहीको बिहीबार बुटवल उद्योग वाणिज्य संघका भएको भेलाले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था रहेको ठहर सहित आन्दोलनमा उत्रिने निणर्य गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित आन्तरीक राजश्व कार्यालय, राजश्व अनुसन्धान कार्यालय मार्फत प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाउने र  शुक्रबार बुटवलमा बिरोध र्याली निकाल्ने निणर्य गरेको बुटवल उद्योग वाणिज्य सघका महासचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिए । ज्ञापन पत्र र बिरोध र्याली पश्चात पनि अव्यवहारीक ऐन खारेज नभए शुक्रबार साझ सञ्जालको बैठक बसी थप आन्दोलनका कार्यक्रम तय गर्ने निणर्य बैठकले गरेको छ । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको सभापतित्वमा भएको भेला तथा अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्षम बाबुराम बोहोरा, घरेलु तथा साना उद्योग व्यवसायी महासंघका अध्यक्ष कन्हैयालाल कसौधन,बुटवल औद्यागिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराई  तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, सैनामैनाका अध्यक्ष राज बहादुर सिंह, देवदका बरिष्ठ उपाध्यक्ष प्रमोद खनाल, बुटवलका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, ढुवानी व्यवसायी महासंघका महासचिव बिष्णु गैरे लगायतले तत्काल आन्दोनमा गई सरकारलाई निणर्य पुर्नबिचार गर्न बाध्य बनाउनु पर्ने बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ