arrow

राष्ट्र बैंकद्वारा सोमबार मौद्रिक नीति ल्याउने तयारी 

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । यस अघि असारको तेस्रो साता ल्याउने भनिएको मौद्रिक नीति बैंकहरुको मर्जरको विषयमा केही थप गृहकार्य नपुगेको भन्दै मिति सारिएको थियो । 

असारको पहिलो सातामा गभर्नर चिरञ्जीवी नेपालले असारको २६ या २७ गते मौद्रिक नीति आउने भनेर बोलेका थिए । मर्जरको लागि दबाब दिनको लागि राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मौद्रिक नीति आउने दिन तोकेरै भनिएको भएपनि साउनको पहिलो सातासम्मको लागि समय सारिएको थियो । 

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नरको कार्यालयले आगामी आईतबारदेखि मंगलबारभित्रमा मौद्रिक नीति तयार पार्नको लागि अनुसन्धान विभागलाई निर्देशन दिएको थियो । विभागले सोही निर्देशन अनुसार सोमबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो । बैंकका एक अधिकारीले हाम्राकुरासँग भने अन्य प्राविधिक समस्या भएन भने सोमबार मौद्रिक नीति आउँछ । 

सवारी कर्जामा गरिनलागेको कडाई, बैंकको मर्जर लगायतका विविध विषयमा चर्चामा रहेको यो मौद्रिक नीति गभर्नर चिरञ्जीवी नेपालको पहिलो कार्यकालको अन्तिम मौद्रिक नीति रहेकोले पनि उनले केही विशेषखालको नीति ल्याउनसक्ने सम्भावना देखिएको छ । त्यसैले पनि यो नीतिलाई चौतर्फी चासोको रुपमा लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ